प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट सातौं पटक सांसदमा निर्वाचित
७ मंसिर, डडेलधुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट निर्वाचित भएका छन् । देउवा २५ हजार ५३४ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । देउवा लगातार सातौं पटक डडेलधुराबाट सांसदमा निर्वाचित भएका हुन् ।
देउवाका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत पाए । बीपी कांग्रेसका कर्ण मल्लले ७ हजार ५३५ मत पाए ।
प्रकाशित मिति : 07:52









