२०७४ मा वडा अध्यक्ष स्थानीय चुनावमा गाउँपालिमा पराजित अहिले प्रदेश सांसदमा विजयी
६ मंसिर, म्याग्दी । म्याग्दीको प्रदेशसभा २ मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का रेशम जुग्जाली (सुविन) विजयी भएका छन । जुग्जाली उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार यामबहादुर गर्बुजालाई एक सय एक मतले पछि पार्दै विजयी भएका हुन ।
जुग्जालीले नौ हजार चार सय ५४ मतसहित विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गर्बुजाले नौ हजार तीन सय ५३ प्राप्त गरेका छन ।
माओवादी केन्द्रका म्याग्दी संयोजक रहेका जुग्जाली गत स्थानीय तह निर्वाचनमा मालिका गाउँपालिका अध्यक्षमा एमालेबाट पराजित भएका थिए । उनी विसं २०७४ को स्थानीय तहमा मालिका गाउँपालिका–७ विमको वडाध्यक्षमा निर्वाचित भएका थिए ।
प्रकाशित मिति : 22:48









