२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

रुपन्देही–४ (१) मा लोसपाका कन्हैया बनिया विजयी

६ मंसिर, काठमाडाैँ । रुपन्देहीको प्रदेशसभा सदस्य ४ (१) मा लोकतान्त्रिक समाजवादी पार्टीका कन्हैया बनिया विजयी भएका छन । कूल ३५ हजार पाँच सय ७७ मत मत खसेकोमा बनिया १५ हजार एक सय ३७ मत ल्याई विजयी भएका हुन ।

उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जितेन्द्रनाथ शुक्ल (बब्लु) ले नौ हजार दुई सय ५३ मत प्राप्त गरे । नेपाली कांग्रेसका अष्टभुजा पाठकले आठ हजार २७ मत पाएको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : November 22, 2022 at 10:44 pm