१० असार २०८३, बुधबार | Wed Jun 24 2026

नुवाकोटको विदुरमा अबैध याैनधन्दा फस्टाउँदै, तीन महिलाको उद्धार, दुई महिलासहित पाँच पक्राउ

१ असोज, काठमाडाैँ । नुवाकोटको विदुरमा अबैध याैनधन्दा फस्टाउन थालेको छ । अबैध रूपमा याैन धन्दा चलेपछि प्रहरीले यसविरूद्ध व्यापक अभियान नै चलाउन थालेको छ । यसक्रममा प्रहरीले  दुई महिलासहित पाँचजना पक्राउ गरेको छ । प्रहरीले अभियानको क्रममा  तीन महिलाको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी बसन्त कुँवरले जानकारी दिए ।

पक्राउ परेकाविरुद्ध नुवाकोट जिल्ला अदालतमा मुद्दा दायर गरिएको कुँवरले बताए । कुँबरका अनुसार गाउँघरमा आर्थिक समस्यामा परेर घरायसी खर्च जुटाउन रोजगारी खोज्दै आएका ती युवतीहरुलाई यौनधन्दामा लगाएको तथ्य फेलापारिएको छ ।

रोजगारीको खोजीमा रहेका २१, १५ र २६ वर्षका तीन महिलालाई आर्थिक प्रलोभन देखाई काममा लगाइदिने भन्दै पीडितहरुलाई देहव्यापारमा लगाइएको फेला परेपछि होटेल सञ्चालकसहित पाँचजनालाई पक्राउ गरिएको छ । महिलालाई यौनकार्यमा लगाएको अभियोगमा बिदुर नगरपालिका–२ की २२ वर्षीया मञ्जु बस्नेत, धादिङको नेत्रावती गाउँपालिका–३ की ४० वर्षीया सुवानी लामा, बिदुर नपा–१२ का २५ वर्षीय मदुसुधन रिमाल, बिदुर नपा–१२ का २२ वर्षीय रमेश अर्याल र विदुर नपा–५ का ४० वर्षीय सुरेन्द्र कुमाललाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : September 17, 2018 at 10:28 pm