२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

६ मंसिर, काठमाडौं । नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ काठमाडौं-९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेललाई ९९५ मतले पछि पार्दै एमाले नेता श्रेष्ठ विजयी भएका हुन् ।

श्रेष्ठले ११ हजार ९५६ मत प्राप्त गर्दै विजयी भएका हुन् । श्रेष्ठका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गरे । सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमलाले ६४०२ मत ल्याइन् ।

प्रकाशित मिति : 14:49