काठमाडौँ–३, प्रदेश–१ मा कांग्रेसका छिरिङदोर्जे लामा विजयी
६ मंसिर, काठमाडाैं । काठमाडौँ जिल्ला क्षेत्र नं ३ को प्रदेश–१ मा नेपाली कांग्रेसका छिरिङदोर्जे लामा विजयी भएका छन् । लामाले चार हजार पाँच सय ५८ मत प्राप्त गरेको निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिइन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का चन्द्रमान लामाले तीन हजार चार सय १५ मत पाउएका छन् ।
कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका काठमाडौँ महानगरपालिका–६ का पूर्वध्यक्ष दीपेन्द्र लामाले दुई हजार नौ सय ३३ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चुण्डी लामाले दुई हजार दुई सय ७६ मत पाएका छन्। निर्वाचित लामा यसअघि २०७४ सालको निर्वाचनमा पनि प्रदेशसभा सदस्य पदमा विजयी भएका थिए ।
प्रकाशित मिति : November 22, 2022 at 12:16 pm









