काठमाडौँ–४ मा पाँच दलीय गठबन्धनका उम्मेदवार कांग्रेस नेता गगन थापा विजयी
६ मंसिर, काठमाडाैं । काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा पाँच दलीय गठबन्धनका उम्मेदवार कांग्रेस नेता गगन थापा विजयी भएका छन ।
निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार ४५ हजार नौ सय २९ मत खसेकामा २१ हजार तीन सय दुई मत प्राप्त गर्दै उनी विजयी भएका हुन् ।थापाका निकटतम प्रतिद्वन्द्व नेपाल कम्युनिष्ट पार्टी (एमाले) का राजन भट्टराईले १३ हजार आठ सय ५५ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति : November 22, 2022 at 11:54 am









