पाल्पा १ मा एमालेका नारायण आचार्य गठबन्धनका उम्मेदवार भन्दा दोब्बर मतले अगाडि
६ मंसिर, पाल्पा । नेकपा एमालेका नेता नारायण आचार्य पाल्पा १ मा पाँच दलीय गठबन्धनका लागि नेपाली कांग्रेसबाट उम्मेदवार बनेका ज्ञानबहादुर गाहा भन्दा दोब्बर मतले अगाडि बढेका छन ।
मंगलबार बिहान ७ बजेसम्मको मतगणना अनुसार एमालेका आचार्यले २७५९ मतले अग्रता लिइरहँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका ज्ञानबहादुर गाहाले १२२५ मत प्राप्त गरेका छन्।
प्रकाशित मिति : 10:02









