नुवाकोट १ मा एमालेका बद्री मैनालीले अग्रता दोब्बर पारे, हितबहादुर पछ्याउँदै
५ मंसिर, नुवाकोट । नुवाकोट १ मा नेकपा एमालेले अग्रता कायम राखेको छ । एमालेका बद्री मैनालीले अग्रता दोब्बर बनाएका छन । यसअघि ककनी ८ को मतगणना हुँदा १५७ मतले अघि रहेका एमालेका मैनाली ककनी ८ को मतगणना सकिँदा २३७ मतले अगाडि रहेका छन ।
२४५६ मत गणना हुँदा एमालेका मैनालीले १०४५ मत प्राप्त गरेका छन । त्यस्तै पाँच दलीय गठबमन्धनका तर्फबाट माओवादीकाट उम्मेदवार बनेका हितबहादुर तामाङले ८०८ मत प्राप्त गरेका छन । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका डा प्रधुम्न महतले ३६९ मत प्राप्त गरेका छन ।
प्रकाशित मिति : 22:39









