बाँके १ मा एमालेका सूर्य ढकालको अग्रता थप फराकिलो बन्दै
५ मंसिर, बाँके । बाँके क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेदवार सूर्य ढकालले अाफ्नो अग्रतालाई थप फराकिलो बनाउँदै लगेका छन । ३५०० गणना गर्दा ढकालले १४५७ मतका साथ अग्रता लिएका छन् ।
ढकाललाई माओवादी केन्द्रका महेश्वरजङ्ग गहतराजले ७८५ मतका साथ पछ्याइरहेका छन् । यस्तै जनता समाजवादी पार्टीका रामकुमार यादवले ५९९, नागरिक उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरीले १ ८५, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का रामचरण चौधरीले २६, नेपाल मजदुर किसान पार्टीका नवीनकुमार शाहीले २६, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आनन्दबाबु काफ्लेले २४ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति : 22:28









