अध्यक्षको लाइनमा रहेका एमालेका पाँच पदाधिकारीले सुरूवाती अग्रता लिन सकेनन्
५ मंसिर, काठमाडाैँ । देशभर प्रारम्भिक चुनावी मतपरिणाम सार्वजनिक भइरहँदा एमालेको भावी अध्यक्षको लाइनमा रहेका पाँच पदाधिकारी भने सुरूवाती अग्रता बनाउन असफल देखिएका छन । जारी मतगणनामा सार्वजनिक भएको मतपरिणाममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ र विष्णु पौडेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे र महासचिव शंकर पोखरेल पछाडि परेका हुन ।
काठमाडौं ५ बाट एमालेका पोखरेल कांग्रेसका प्रदीप पौडेलभन्दा झिनो मतान्तरले पछाडि परेका छन् । उपाध्यक्ष नेम्वाङ कांग्रेसकै डम्बर खड्कासँग इलाम २ मा पछि छन् । उपाध्यक्ष पौडेल रुपन्देही २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारभन्दा केही मतले पछि छन्, उपाध्यक्ष पाण्डे चितवन १ मा कांग्रेसका विश्व पौडेलभन्दा पछाडि परेका छन् । एमाले महासचिव पोखरेल दाङ २ मा माओवादी केन्द्रकी रेखा शर्माभन्तदा पछाडी परेका छन ।
प्रकाशित मिति : 19:17









