५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

काठमाडौंकाे कुन कुन स्थानमा हुँदैछ मतगणना ?


५ मंसिर, काठमाडौं । काठमाडाैंकाे विभिन्न निर्वाचन क्षेत्रकाे मतगणना जारी छ । धेरैको चासोको क्षेत्रका रुपमा हेरिएकोे काठमाडौं जिल्लाका अधिकांश क्षेत्रको मतगणना चलिरहेको छ । १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा जान्नुहोस् कहाँ कहाँ मतगणना हुँदैछ ।

काठमाडौं क्षेत्र नम्बर १ को मतगणनम बानेश्वरस्थित सम्मेलन केन्द्रमा भइरहेको छ । क्षेत्र नम्बर २ को कागेश्वरी मनोहरस्थित राधाकृष्ण मन्दिर, क्षेत्र नम्बर ३ को गोकर्णेश्वर नगरपालिका जोरपाटीस्थित चामुण्ड विद्यालय, क्षेत्र ४ को बुढानिलकण्ठ चापलिस्थित ज्येष्ठ नागरिक भवनमा भइरहेकाे छ ।

यस्तै, क्षेत्र नम्बर ५ को टोखास्थित समाज भवन, क्षेत्र नम्बरको ६ तारकेश्वर नगरपालिकास्थित धर्मस्थली, क्षेत्र नम्बर ७ को बालाजुस्थित जुडो हल, क्षेत्र ८ को स्वयम्भूस्थित गीतामाता विद्यालय, क्षेत्र नम्बर ९ को रविभवनस्थित न्याथम कलेज र क्षेत्र नम्बर १० को मतगणना कीर्तिपुरस्थित त्रिवि समृति भवनमा भइरहेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १४:४२