२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

काठमाडाैँ १ मा एमालेका किरण पाैडेल अघि बढे, प्रकाशमान भन्दा १०० मतले मात्र पछि

५ मंसिर, काठमाडाैँ । काठमाडाैँ क्षेत्र नम्बर १ मा नेकपा एमालेका करिण पाैडेल अघि बढेका छन । उनले राप्रपाका रविन्द्र मिश्रलाई उछिनेर अघि बढेका हुन । नेपाली कांग्रेसका प्रकाशमान सिंहलाई पछ्याइरहेका किरण अहिले जम्मा १०० मतले पछि परेका छन । उनले पछिल्लो गणनामा निरन्तर मत बढाइरहेका छन ।

अहिलेसम्म गनिएको मतमा प्रकाशमान सिंह (रुख) : १११८, किरण पौडेल (सूर्य) : १०१९, रवीन्द्र मिश्र (हलो) : ८९६, पुकार बम (घण्टी) : ७०२ र रमेश खरेल (आमा) : ३५७ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : 14:39