२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

नेमकिपाको गढ मानिने भक्तपुर १ मा राप्रपाकाे अग्रता, दोस्रोमा एमाले

५ मंसिर, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को गढ मानिने भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अग्रता लिएको छ । भक्तपुर -१ मा जारी प्रारम्भिक मतगणनामा राप्रपाका भरतबहादुर खड्काले अग्रता लिएका हुन् ।

हलो चुनाव चिन्हसहित निर्वाचनमा होमिएका खड्काले ३५९ मत ल्याएका छन् । यस्तै, एमालेका नवराज गेलाल ३५६ मतसहित दोस्रो स्थानमा छन् । नेमकिपाका प्रेम सुवाल २९२ मतसहित तेस्रो स्थानमा छन् ।

माओवादी केन्द्रमा सुनिल गोठे २०२ मतसहित चाथो स्थानमा छन् । अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट नेमकिपाका उम्मेदवार प्रेम सुवालले निर्वाचनमा विजय हासिल गरेका थिए ।

प्रकाशित मिति : 13:31