२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

उपेन्द्र यादवको सुरूवात नै खराब, ९ सय २३ मतगणना हुँदा ५९ मत पाए

५ मंसिर, काठमाडाैँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यदावको सुरूवात नै निकै खराब देखिएको छ । ९ सय २३ मतगणना हुँदा यादवले ५९ मत प्राप्त गरेका छन । सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका सिके राउतले फराकिलो अग्रता लिएका छन् । उनले ९ सय २३ मतगणना हुँदा ६ सय २९ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका लोसपाका जयप्रकाश ठाकुरले १ सय ६९ मत पाएका छन् । यस क्षेत्रबाट २०७४ मा उपेन्द्र यादव विजयी भएका थिए। मतगणना जारी छ।

प्रकाशित मिति : 12:30