ललितपुर १ मा एमालेका सिलवाल गठबन्धनका राणा भन्दा दोब्बर मतले अगाडि
५ मंसिर, काठमाडाैँ । ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ अहिलेसम्म भएको दुई हजार तीन सय ८४ मतगणनामध्ये नेकपा एमालेका उम्मेदवार नवराज सिलवालले निरन्तर अग्रता कायम गरेका छन । एक हजार दुई सय ९५ मतका साथ सिलवालले अग्रता कायम गरेका छन ।
यस्तै पाँच दलीय गठबन्धनका लागि नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका उदयशम्शेर जबरा राणा सात सय पाँच मतसहित पछ्याइरहेका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका सचिनकुमार घिमिरे एक सय ७९, हलोको ९५ र छाताको छ मत आएको छ । अन्य चुनाब चिन्हले १० मत प्राप्त गरेका छन् भने ९४ मत बदर भएको छ ।
प्रकाशित मिति : 12:09







