ललितपुर ३ मा एमालेका अमृत खड्का अग्रता, पाँच दलकी उम्मेदवार पम्फा तेस्रो
५ मंसिर, काठमाडाैँ । ललितपुर क्षेत्र नम्बर ३ मा नेकपा एमालेको सुरूवाती अग्रता रहेको छ । एमालेका उम्मेदवार अमृत खड्काले ६७६ मत प्राप्त गरेर अग्रता लिएका छन । त्यस्तै राष्ट्रिय स्तन्त्र पार्टीकी तोसिमा कार्कीले ६२६ मतसहित खड्कालाइ पछ्याइरहेकी छिन । पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले ६०१ मत प्राप्त गरेकी छिन । त्यस्तै हलोले ४५, लाैरोले १८ र मदालले २२ मत ल्याएका छन ।
प्रकाशित मिति : 10:38









