९ जेष्ठ २०८१, बुधबार | Thu May 23 2024

रुपन्देही–४ को मतगणना सुरु


५ मंसिर, बुटवल । रुपन्देही क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालय कोटहीमाइ गाउँपालिकाको भवनमा मतगणना सुरु भएको हो । सर्बदलीय बैठकको निर्णयअनुसार बिहान साढे नौ बजेदेखि मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय प्रमुख देवेन्द्रराज आचार्यले जानकारी दिए ।

यस क्षेत्रमा प्रतिनिधिसभामा सत्ता गठबन्धनका प्रमोद यादव र लोकतान्त्रिक समाजवादी पार्टीका बरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्लाबीच मुख्य प्रतिष्पर्धा छ । यस क्षेत्रमा ७७ हजार ६४ मत खसेको थियो । यहाँ कुल मतदाता १ लाख १० हजार ६६९ रहेका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १०:२४