ललितपुरमा २ एमालेको मतान्तर अझै बढ्दै, गठबन्धनको कलम चाैँथो
५ मंसिर, काठमाडाैँ । ललितपुर २ मा १० हजार मत गणना भएको छ । नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ भने मतान्तर बढाउँदै लगेको छ । अहिलेसम्म १० हजार ८८ मतगणना भएकोमा एमालेका प्रेम बहादुर महर्जनले २ हजार ९ सय ८० मत प्राप्त गरेका छन ।
त्यस्तै हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले २ हजार ४ सय ९७ मत प्राप्त गर्दै पछ्याइरहेका छन । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १ हजार ४ सय ९० मत प्राप्त गरेका छन । पाँच दलीय गठबन्धनबाट कलम चिन्हका उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का कृष्णलाल महर्जनले १ हजार ४ सय ७७ मत प्राप्त गरेका छन । ललितपुर २ मा राप्रपाका रघुवर थापाले १ हजार ४ सय २६ मत प्राप्त गरेका छन ।
प्रकाशित मिति : 09:41









