भक्तपुर २ मा पाँच दलीय गठबन्धनका दुर्लभकुमार थापाको सुरूवाती अग्रता
५ मंसिर, काठमाडाैँ । भक्तपुर क्षेत्र नम्बर २ मा राति १ बजेदेखि मतगणना जारी छ । जारी मतगणनामा पाँच दलीय गठबन्धनका दुर्लभकुमार थापाले सुरूवाती अग्रता लिएका छन । कटुन्जे-५, कौशलटार ३, सिरुटार सोम्लिङेश्वरको मतगणना हुँदा रूख चिन्हका दुर्लभ थापाले २२३० मतसहित अग्रता लिएका छन । त्यस्तै नेकपा एमालेका महेश बस्नेतले १६३२ मतसहित पछ्याइरहेका छन । नेमकिपाको मादलले २५० मत पाउँदा राप्रपाको हलोले २३२ मत प्राप्त गरेको छ ।
प्रकाशित मिति : 07:12









