२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

कास्की २ मा घण्टीका माधव कडेँलाई सुरूवाती अग्रता, एमाले र गठबन्धन पछिपछि

५ मंसिर, कास्की । कास्की निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु भएको छ । सर्वदलीय सहमतिका आधारमा आज बिहान २ बजेदेखि मतगणना सुरु गरिएको हो ।

प्रतिनिधिसभातर्फ क्षेत्र नं २ मा गठबन्धनकातर्फबाट श्रीनाथ बराल, नेकपा (एमाले)का विद्या भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेललगायतको उम्मेदवारी छ ।

वडा नम्बर १५ को ५४० मत गनिसक्दा घण्टीका माधव कँडेलले अग्रता लिएका छन् । कडेँलले १ सय ६२ मत पाएका छन् । कँडेललाई एमालेकी विद्या भट्टराईले १ सय २२ मतसहित पछ्याइरहेकी छन् । त्यस्तै पाँच दलीय गठबन्धनका श्रीनाथ बरालले १ सय १० मतसहति पछ्याइरहेका छन ।

प्रकाशित मिति : 06:58