गुल्मी २ मा रामकुमारीले बुथ कब्जा गरेको भन्दै दुई स्थानमा पुनः मतदान गराउन माग
४ मंसिर, काठमाडौँ । गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीले दुई स्थानमा बुथ कब्जा गरेको भन्दै त्यस ठाउँमा पुनः मतदान गराउन माग गरिएको छ । नेकपा एमालेको केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले सामाजिक सञ्जाल मार्फत बुथ कब्जा भएको स्थानमा पुन मतदान गराउन माग गरेका हुन ।
उनले क्षेत्र नम्बर २ को बाचकटेरी र सिर्सेनी लगायतको स्थानमा बुथ कब्जा गरेको आरोप लगाएका छन । ती स्थानमा एमाले कार्यकर्तामाथि कुटपिट गरेर एजेन्टलाई समेत बस्न नदिएर निकालिएको उनले बताएका छन । गठबन्धनको पक्षमा मतदानमा खटिएका कर्मचारी, प्रहरी र प्रशासन खुलेर लागेको उनले बताएका छन ।
यस्तो छ विष्टको टिप्पणी
गठबन्धन सरकारको गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा नाङ्गो हस्तक्षेप गरेको छ। प्रहरी प्रशासनको अाडमा गठबन्धन दलले बाचकटेरी र सिर्सेनी लगाएत ठाउँमा कब्जा गरेका छन् । एमाले कार्यकर्ता कुटपिट हुदा समेत प्रहरी प्रशासनले उल्टै हेरेर बस्ने काम गरेको छ। बाचकटेरीमा एमालेका एजेन्डलाई बस्न नदिने कब्जा गर्न सगाउने निन्नु खर्क माबिका शिक्षक क मतदान अधिकृत कृण्ण बहादुर जि सी सहायक मतदान अधिकृत खिम बहादुर घर्ति पाञ्चायन माविका शिक्षक ख मतदान अधिकृत चेत नारायण मरासिनी सहायक मतदान अधिकृत शुसिल अर्यालले एलपक्षिय रूपमा काम गरेका छन्। उनीहरूको योजनामा गठबन्धनले कब्जा गरेका छन् । यहाँ पुन मतदान हुनु पर्छ। गठबन्धनको पक्षमा जिल्लाका सिडियो एसपी योजनामा कब्जा भएको हो ।

प्रकाशित मिति : 06:53









