प्यूठानमा सूर्य थापा विजय हुने सम्भावना
४ मंसिर, काठमाडौँ । प्यूठानमा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्य थापा जित नजिक देखिएका छन । यसको संकेत उनी आफैँले पनि गरेका छन । पाँच दलीय गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाकी नेतृ एवं मोहनविक्रम पत्नी दुर्गा पौडेल उम्मेदवार रहेकी छिन भने एमालेका तर्फबाट थापा उम्मेदवार रहेका छन ।
थापाले घरदैलोकै क्रमममा प्यूठानी जनताको उत्साहपूर्ण साथ र हैसला पाएका थिए । आइतबार मतदान सम्पन्न भएपछि सामाजिक सञ्जाल मार्फत थापा स्वंयले जनताको अभिमत( सूर्यमा बहुमत भन्दै यसको संकेत गरेका छन । थापाले निर्वाचनको डेढ महिना लामो कठोर संघर्षको उत्कर्षमा पुगेको र जनताले सूर्यमा बहुमत दिएको बताएका छन । आइतबार सम्पन्न मतदानमा प्यूठान जिल्लामा ८८ हजार ४७ मत अर्थात ५५।११ प्रतिशत मत खसेको छ ।
प्रकाशित मिति : 21:23









