गुल्मी २ मा ५६ प्रतिशत मत खस्यो
४ मंसिर, काठमाडाैँ । गुल्मी क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा ५६ प्रतिशत मत खसेको छ । कूल १ लाख ४ हजार ३२७ मतदाता रहेको यस क्षेत्रमा ५८ हजार ७५९ जनाले मात्र मतदान गरेका निर्वाचन कार्यालयले जनाएको छ ।
जसमध्ये रेसुङ्गा नगरपालिकामा ५ हजार ९७९, र्कोट गाउँपालिकामा १० हजार १८६, मालिका गाउँपालिकामा १० हजार ९२, मुसिकोट नगरपालिकामा १२ हजार ९२६, मदाने गाउँपालिकामा ९ हजार ३८३ र ईस्मा गाउँपालिकामा १० हजार १९३ मत खसेको कार्यालयले बताएको छ ।
यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव गोकर्ण विष्ट लगायत प्रतिस्पर्धामा रहेका छन ।
प्रकाशित मिति : 20:53









