दिपक मनाङ्गे सर्वसम्मत भएको मनाङमा ७३ प्रतिशत मत खस्यो
४ मंसिर, मनाङ । हिमालपारिको जिल्ला मनाङमा मतदाताको उल्लासपूर्ण सहभागीता रहेको छ । जिल्ला निर्वाचन कार्यालय मनाङका प्रमुख पुस्पराज शर्माका अनुसार मनाङमा ६ हजार सात सय ७९ मतदाता रहेकोमा अस्थायी मतदाता ७३ प्रतिशत मत खसेको छ ।
जिल्लामा जम्मा ४ हजार ८ सय ४५ मत खसेको छ । जसमध्ये महिला २ हजार ४ सय ९१ र पुरुष २ हजार ४ सय ५८ जनाले मतदान गरेका छन् ।मनाङको २९ वटा मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए ।
मनाङको नार्पाभुमीबाट सदरमुकामसम्म मतपेटीका आउन समय लाग्ने भएकाले मनाङमा सोमबार मात्र मतगणना हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मनाङमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको छ । प्रदेशसभा क मा दिपक मनाङ्गे यसअघि नै सर्वसम्मत भएका छन ।
प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार १९:३०