९ जेष्ठ २०८१, बुधबार | Wed May 22 2024

सिद्धार्थनगर- ११ मा मतदानस्थल अगाडि विवाद हुँदा एक जना स्थानीय घाइते


४ मंसिर, भैरहवा । रुपन्देहीको सिद्धार्थनगर-११ मा रहेकाे मतदानस्थल अगाडि विवाद हुँदा एक जना स्थानीय घाइते भएका छन् । सिद्धार्थ नगरपालिका -११ को भुजौलि प्राविमा रहेको मतदान हुँदै गर्दा स्थानीयबीच विवाद सृजना भएकाे थियाे ।

सत्ता गठबन्धनका पक्षधरले स्थानीय ३९ वर्षीय तबरेज आलममाथि आक्रमण गरेको स्थानीय सरबर आलमले बताए । उनका अनुसार मुकेश आलम, असाहब आलम र सुभान आलमले तबरेज आलमलाई कुटपिट गरेको हो।

कुटपिटबाट टाउकाे चाेट लागेकाेपछि तबरेजकाे भैरहवास्थित मेडिकल कलेजमा उपचाररत भइरहेकाे छ। विवादकाे कारण मतदान केन्द्रमा खटिएको एक प्रहरी स्थानीय रहेकाे थिए । उनलाई नै हटाइएपछि अवस्था समान्य भएकाे थियाे ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार १६:३३