ललितपुरमा १ बजेसम्म ३६ दशमलव १३ प्रतिशत मतदान
४ मंसिर, ललितपुर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज जारी मतदानमा ललितपुर जिल्लामा दिउँसो १ बजेसम्म ३६ दशमलव १३ प्रतिशत मतदान भएको छ ।
“आज दिउँसो १ बजेसम्म दुई सय ९० वटै मतदान केन्द्रमा गरी ३६ दशमलव १३ प्रतिशत मतदान भइसकेको छ”, प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले भन्नुभयो, “निर्धारित समयसम्म ६० प्रतिशतभन्दा बढी मतदान हुने अपेक्षा गरेका छौँ ।”
उहाँका अनुसार जिल्लाको एउटा मतदान केन्द्रमा अहिले मतदान रोकिएको छ । ललितपुरको क्षेत्र नम्बर ३ मा पर्ने वडा नं २८ अन्तर्गत वडा कार्यालय भवनमा रहेको मतदान केन्द्रमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र समानुपातिक मतपेटिकामा र समानुपातिक मतपत्र प्रत्यक्षतर्फको मतपेटिकामा परेपछि मतदान रोकिएको हो ।
प्रकाशित मिति : November 20, 2022 at 3:14 pm









