५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

हुम्लाको मतदान केन्द्रमा झडप हुदाँ ३ जना घाइते, १७ राउन्ड हवाई फायर


४ मंसिर, हुम्ला । हुम्लाको एक मतदान केन्द्रमा झडप हुदाँ तीनजना घाइते भएका छन । हुम्लाको सर्केगाडमा गाउँपालिका–३ देवकोटा आधारभूत विद्यालय उनापानी मतदान स्थलमा झडप हुँदा सहायक मतदान अधिकृत र सेनाका हुद्दा गरी दुई जना घाइते भएका हुन् ।

सहायक मतदान अधिकृत प्रेम भण्डारी र नेपाली सेना हुद्दा अर्जुन उपरकोटी घाइते भएका सो मतदान केन्द्रमा स्थिति नियन्त्रणमा लिन प्रहरीले १७ राउण्ड हवाई फायर गरेको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार १३:३३