५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मनाङ र कास्कीमा अहिलेसम्म कति प्रतिशत खस्यो मत ?


४ मंसिर, काठमाडाैं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो १२ः३० बजेसम्म ५१ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो १२ः३० बजेसम्म यहाँ ५१ प्रतिशत मतदान भएको हो ।

कुल २९ वटा मतदान केन्द्र रहेको मनाङमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र छन् । यहाँ कुल छ हजार सात सय ७९ मतदाता छन् । त्यस्तै, कास्कीमा जारी मतदानमा विहान ११ बजेसम्म १५ प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले ११ बजेसम्म १५ प्रतिशत मत खसेको जानकारी दिए ।

चिसोका कारण विहानको समयमा अधिकांश केन्द्रमा मतदाताको उपस्थिति कम रहेको र अहिले उपस्थिति बढेको उनले बताए । जिल्लाका तीन सय ४४ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको प्रदेश निर्वाचन कार्यालय पोखराका प्रमुख होमनाथ पराजुलीले जानकारी दिए ।

जिल्लामा निर्वाचनका लागि दुई हजार सात सय ५२ जना कर्मचारी खटाइएको छ । जिल्लामा तीन वटा निर्वाचन क्षेत्र छन् । यसपटकको निर्वाचनमा जिल्लाभर दुई लाख ६४ हजार चार सय ५६ जना मतदाता छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार १२:५८