सामान्य विवादमा मतदान स्थगित नगर्न निर्वाचन आयोगको निर्देशन
४ मंसिर, काठमाडाैं । निर्वाचन आयोगले मतदान केन्द्रमा भएको सामान्य विवादका कारण केही समय स्थगन भएको मतदान कार्य पुनः सञ्चालन निर्देशन दिएको छ ।
यसैगरी आयोगले कुनै मतदान केन्द्रमा मतदान कार्य स्थगित गर्नुपरे साँझ ५ बजेपछि मात्र सूचना टाँस्न मतदान अधिकृतहरुलाई निर्देशन दिएको छ । मतदान कार्य स्थगित गर्नैपर्ने भएमा आयोगको पूर्वसहमति लिनुपर्ने सूचना आयोगले जारी गरेको छ ।
प्रकाशित मिति : 12:51









