मतदानका लागि लाइन बसेका ८८ वर्षीय वृद्धको मृत्यु
४ मंसिर, तेह्रथुम । मतदानका लागि लाइन बसेका एक वृद्धको ज्यान गएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका–८ स्थित रत्न मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बुको मृत्यु भएको हो ।
मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलका अनुसार लिम्बुको शव आफन्तलाई बुझाइएको छ ।
प्रकाशित मिति : November 20, 2022 at 10:15 am









