२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

चुनावपछि एमाले बलियो राजनीतिक शक्तिका रुपमा स्थापित हुन्छः शंकर पोखरेल

४ मंसिर, काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले दाङको तुलसीपुरबाट मतदान गरेका छन् । उनले जनता क्याम्पस मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

संचारकर्मीसँग कुरा गर्दै महासचिव पोखरेलले मुलुकमा बहुमत सहितको राजनीतिक स्थायित्व आवश्यक रहेको बताए । बलियो राष्ट्रिय शक्ति हुने सामथ्र्य एमालेसँग मात्र रहेको उनले बताए ।

पोखरेलले राजनीतिक दलबीचको सहकार्य विकास र समृद्धि आवश्यक रहेको पनि बताए । सही दिशा प्राप्त गर्नका लागि दूरदर्शी नेतृत्व चाहिने उनले बताए । साथै, पोखरेलले चुनावपछि एमाले बलियो राजनीतिक शक्तिका रुपमा स्थापित हुने बताएका छन् ।

प्रकाशित मिति : 09:52