गुल्मी २ मा मौन अवधिको ध्वज्जी उडाउँदै कामपाका कानुनी सल्ल्कारदेखि पूर्व डिआइजीसम्म
३ मंसिर, गुल्मी । गुल्मीमा मतदाता नामवलीनै नभएका व्यक्ति गुल्मी २ को निर्वाचन क्षेत्र छिरेर मतदाता प्रभावित पार्ने काममा संलग्न हुँदा गुल्मी प्रशासन र निर्वाचन आयोग मौन देखिएको छ ।
सत्ताको आडमा मौन अवधीको अवज्ञा गर्दै पुर्व डिआजी अशोक श्रेष्ट, प्रध्यापक हेम सुवेदी, काठमाण्डौ महानगरपालिकाका कानुनी सल्लाहकार ओम अर्याल र पुर्व प्रहरी निरिक्षक धिरेन्द्र श्रेष्टसहितको टोली गुल्मी २ को निर्वाचन क्षेत्रका विभिन्न टोलमा गएर मतदाता भेट्ने, पैसाको प्रलोभन देखाउने लगायतका काम गरिरहेका छन् ।
यो अवस्था रोक्नुपर्ने जिल्ला प्रशासन कार्यालय गुल्मीले सत्ताको पक्षपोषण गरिरहेको छ । सत्ताको आडमा प्रहरी प्रशासन कब्जा गर्ने र बुथ कब्जाको रणनीतिमा गठबन्धन छ । त्यो टोली गुल्मी छिरेदेखि दिउँसो र रात गरिरहेका हर्कत तथा प्रहरी प्रशासनले गरिरहेको सहयोगको एमाले गुल्मीले राम्रोसंग निगरानी गरिरहेको छ । निर्वाचन आचारंसहिता र मौन अवधीको पूर्ण कार्यान्वयनमा बेव्यास्था गर्ने प्रशासन कार्यालयले आफुलाई नसुधारे ठुलो मुल्य चुकाउनुपर्ने नेकपा एमाले गुल्मीले जनाएको छ ।
प्रकाशित मिति : 12:59









