प्यूठानमा नेपाली कांग्रेसका नेता कार्यकर्ताले सूर्य थापालाई मत दिने (भिडियो)
१ मंसिर, प्यूठान । प्यूठानमा नेपाली कांग्रेसका नेता कार्यकर्ताले नेकपा एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार सूर्य थापालाई मतदान गर्ने भएका छन । नेपाली कांग्रेसका पाका नेता कार्यकर्ताहरूले पनि आफ्नो पार्टीको उम्मेदवार नभएकाले एमालेका थापालाई मत दिने निष्कर्ष निकालेका हुन ।
२०१५ सालको प्रथम आम निर्वाचनमा प्युठानका तीन मध्ये एक निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद नेपाली काँङ्ग्रेसका नेता अनिरूद्र शर्मा पण्डितकी धर्मपत्नी चुडाकुमारी शर्माले त थापालाई मत दिने भन्दै आर्शिवादनै दिएकी छिन । घरदैलोमा शर्माको घर पुगेका एमालेका उम्मेदवारहरूलाई मतपत्रमा रूख चिन्ह नभएका कारण मत दिने भएको बताएकी हुन ।
यसअघि भन्जा नाता पर्ने एमाले प्यूठानका अध्यक्ष विजय विष्टले यसअघिको निर्वाचनमा मत माग्न जाँदा शर्माले बुढेसकालमा अपराध नगर्ने भन्दै रूखमै मत दिने बताएकी थिएन । यद्यपी उनले अहिले पनि थापाका लागि सूर्यमा मतदान गर्ने भएकी छिन । उनीसँगको भिडियो तल हेर्न सक्नुहुन्छ ।
प्रकाशित मिति : 20:16









