विभिन्न पार्टी परित्याग गर्दै गौरीशंकर ६ का सयौ युवाहरु एमाले प्रवेश
१ मंसिर, दोलखा । नेकपा एमाले दोलखामा विभिन्न पार्टी परित्याग गर्दै प्रवेशको लहर चलेको छ । गौरीशंकर, कालिन्चोक लगायतका धेरै ठाउँबाट विभिन्न पार्टी परित्याग गरि सयौ युवाहरु नेकपा एमालेमा प्रवेश गरिसकेका छन् ।
त्यस्तै, भर्खरै गौरीशंकर गाउँपालिका ६ चखुका नेपाली कांग्रेस पार्टीमा आबद्ध युवाहरू नेकपा एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपा एमालेका पोलिटब्यूरो सदस्य आनन्द पोखरेल, पार्वत गुरुगं र प्रतिनिधिसभा सभा सदस्य पदका उम्मेदवार बालकृष्ण शिवाकोटीले खादा र मालाा लगाएर प्रवेश गराए ।
पार्टी प्रवेश गर्नेहरुमा लुवांसाका सांगे शेर्पा, पेम्बा शेर्पा, किपा शेर्पा, पेमा शेर्पा, प्रेम डिमा शेर्पा, प्रेम तेन्जी शेर्पा, चंखुका कुंगा शेर्पा, कुछिरी शेर्पा, बिदुृर शेर्पा, दिपेन्द्र गुरुगं, दिपेश गुरुगं, चेन्जी गुरुगं, न्यूटन गुरुगं, ठूसागं शेर्पा, दाबा शेर्पा, पासागं शेर्पा, श्याघें शेर्पा, पासागं दाबा शेर्पा, लार्गे शेर्पा, लाम्पा शेर्पा रहेका छन् ।
प्रकाशित मिति : 16:49









