२१ बैशाख २०८३, सोमबार | Tue May 5 2026

दोलखाका गौरीशंकर र कालिन्चोकका सयौ युवा माओवादी परित्याग गरि एमालेमा प्रवेश

१ मंसिर, दाेलखा । दोलखा माओवादीमा पहिरो गएको छ । जिल्लाका गौरीशंकर र कालिन्चोक गाउँपालिकाका सयौ युवाहरु एमाले प्रवेश गरेका हुन । नेकपा एमाले दोलखा काठमाण्डौ सम्पर्क मन्चद्वारा आयोजित एक कार्यक्रमका बीच गौरीशंकर गाउँपालिका वडा नं ३ बाट माओवादी परित्याग गरि दर्जन भन्दा धेरै युवा नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

 त्यस्तै, नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बालकृष्ण शिवाकोटीको गृह क्षेत्र सुनखानीमा भने माओवादी रित्तीन थालेको छ । कालिन्चोक गाउँपालिका वडा नं ७ माओवादी पार्टी नेतृत्व र सरकार प्रती असन्तुष्ट व्यक्त गर्दै सूर्यमा मतदान गर्ने र सधै सहकार्य गर्ने प्रतिबद्धता जाहेर गर्दै एमालेमा प्रवेश गरेका हुन् ।

माओवादी परित्याग गर्ने नेताहरुमा रमेश श्रेष्ठ, अमृत श्रेष्ठ, रामकृष्ण बुढाथोकी, नवीन श्रेष्ठ, समीर श्रेष्ठलगायत दर्जनौ युवाहरु छन् । उनीहरुलाई पार्टी केन्द्रीय सदस्य रचना खड्का र प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बालकृष्ण शिवाकोटीले खादा लगाएर प्रवेश गराएका छन् ।

 

प्रकाशित मिति : 14:53