२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

५ कम्पनीले घोषणा गरे लाभांश, कुनको कति ?


१ मंसिर, काठमाडौं । कार्तिक ३० गते बुधबार एकै दिन विभिन्न ५ कम्पनीले लाभांश घोषणा गरेका छन् । ति कम्पनीहरूले गत गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । लाभांश घोषणा गर्ने कम्पनीहरू निम्न रहेका छन् ।

१) नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंककाे मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्षकाे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ४ प्रतिशत बाेनस सेयर र ७ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात वितरण गरिनेछ।

२) सिद्धार्थ इन्स्योरेन्स लिमिटेड

सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०७८/७९ का लागि सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीले हाल कायम चुक्तापुँजीकाे ९ .४७३७ प्रतिशत करसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे । प्रस्तावित लाभांश कम्पनीले बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गर्ने र प्रिमियर इन्स्योरेन्ससँग मर्जरपश्चात एकीकृत कारोबार भएपछि सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएकाे छ ।

३) मेगा बैंक लिमिटेड

मेगा बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूकाे लागि लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरूकाे लागि लाभांश घोषणा गरेको हाे ।

बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ३.८३ प्रतिशत नगद गरि कुल ७.८३ लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वकृति दिएपछि र बैंकको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि सेयधनीहरूलाइ वितरण गरिने छ ।

४) माउन्टेन इनर्जी नेपाल लिमिटेड

माउन्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०७८/७९का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो।

कम्पनीले हाल कायम चुक्तापुँजीकाे १०.५२६३ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने घाेषणा गरेकाे हाे ।उक्त प्रस्तावित लाभांश कम्पनीकाे आगामी वार्षिक साधारण सभाले अनुमाेदन गरेपछि वितरण गरिनेछ ।

५) प्रिमियर इन्स्योरेन्स कम्पनी

प्रिमियर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो । कम्पनीको कार्तिक २९ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश गरी कुल १५ वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीहरुको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार ११:२३