२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

एमाले अध्यक्ष ओलीले आज झापाका दुईवटा आमसभालाई सम्बोधन गर्ने

१ मंसिर, काठमाडाैँ । चुनाव प्रचार प्रसारको अन्तिम दिन आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका दुईवटा आमसभालाई सम्बोधन गर्दैछन । एमाले पोलिटव्यूरो सदस्य देवेन्द्र दाहालका अनुसार झापा क्षेत्र नं १ को धुलाबारीमा हुने आमसभालाई बिहान ११ बजे ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

यसैगरी झापा क्षेत्र नं ५ गौरीगञ्जमा आयोजना हुने आमसभालाई दिउसो ३ बजे ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको दाहालले जानकारी दिए । सुनसरी र मोरङका विभिन्न ठाउँमा आयोजना गरिएको आमसभालाई सम्बोधन गरेर अध्यक्ष ओली गएराती ११ बजे दमक पुगिसकेका छन ।

प्रकाशित मिति : November 17, 2022 at 8:32 am