सिन्धुको आवश्यकता हुन असल योजनाकार हस्त पण्डित
-किरण देउजा
लामो समयदेखि एमालेको विभिन्न कमिटीका सक्रियरही जनताको काममा निरन्तर लागिरहने व्यक्ति हुन् हस्त पण्डित । आगामी मंसिर ४ मा हुन लागि रहेको प्रदेससभा निर्वाचनमा सिन्धुपाल्चोक जिल्लामा पण्डित एमालेबाट उम्मेदवार रहेका छन । पण्डित सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ मा प्रदेशसभा (ख)मा उम्मेदवार रहेका छन । सिन्धु एमालेभित्रका बाैद्धिक नेताको उपमा पाएका पण्डित लोकप्रिय छन ।
सिन्धुपाल्चोकमा पण्डित कै आवश्यकता किन त ? उयहाँलाई प्रदेशसभा सदस्यमा जिताउनुपर्ने केही कारणहरु यसप्रकार छन् ।
👉️ हस्त पण्डित अर्थात अर्थशास्त्रको पनि हस्त हुन र विशेषगरी राजनीति अर्थशास्त्रको । उनी एउटा असल योजनाकार पनि हुन् । उनी सँग अरू क्षमता पनि छ जुन क्षमता भनेको उनको इमान्दारिता हो । त्यसैले म उनको विजयको कामना गर्दछु ।
👉️ मेलम्ची खानेपानीको सवालमा लेबीको कुरा उठाउदै, स्थानीय जनताहरुलाई समृद्ध बनाउने योजना बनाउने नेता हुन्- हस्त पण्डित ।
👉️ प्राकृतिक विपत्ती पर्दा, आफ्नै घर बाढीले बगाउदा होस या भुकम्पले आफ्नै घर ढलिरहदा, आफ्नै परिवारको ख्याल नगरी जनताको सेवामा निरन्तर लाग्ने नेता हुन् – हस्त पण्डित ।
👉️ भुकम्प पछि एकीकृत बस्ती बसाउनुपर्छ भनेर बसह/पैरवी चलाउने, अभियान सुरु गर्ने नेता हुन् -हस्त पण्डित ।
👉️ भ्रष्टाचार अन्त्य गर्नको लागि बैंकिङ कारोबार बनाउने र रु१० हजार भन्दा बढीको नगद कारोबार गर्न नहुने भन्दै लबिङ गर्ने नेता हुन् -हस्त पण्डित ।
👉️ सिन्धुपाल्चोक जिल्लामा एमालेको नेतृत्व जाम रहदा, पार्टी भित्र प्रत्यक्ष निर्वाचन मार्फत नेतृत्वको जाम तोडी नयाँ नेतृत्वको विकास गर्ने नेता – हस्त पण्डित ।
👉️ युवाहरूलाई स्वरोजगार बनाउन वायुपंखी चुल्होको प्रवर्द्धन गरेर युवाहरुलाई स्वदेशमा नै बस्ने वातावरण तयात गर्ने नेता हुन् – हस्त पण्डित ।
👉️ सुशासनको सवालमा कोहि सँग नझुक्ने, गलत हर्कत विरुद्ध डटेर सामना गर्ने, नेता हुन्- हस्त पण्डित ।
👉️ विचारमा प्रतिबद्ध , सरल व्यबहार अनि सादगी जीवन शैली अपनाउने नेता हुन् -हस्त पण्डित ।
👉️ सहयोगी भावना, मिलनसार, जनताको सुखदुःख सधैं/सहजै उपलब्ध हुने, कसैलाई पक्षपात नगर्ने, जनताको काममा लाग्ने (कुन पार्टी छ भनेर नहेर्ने) नेता हुन् -हस्त पण्डित ।
👉️ शैक्षिक अभियन्ता हुन्। मेलम्ची भ्याली क्याम्पस, ग्यालथुममा स्थापना गर्ने सवाल होस् या महेन्द्र मावी मा प्राविधिक शिक्षा सुरुवात गर्ने अगुवा हुन् – हस्त पण्डित ।
प्रकाशित मिति : November 16, 2022 at 6:54 pm









