४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

राष्ट्र बैंककाे कडाइका कारण अर्थतन्त्रमा सुधार आयाेः गभर्नर अधिकारी


३० कार्तिक, काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंककाे कडाइका कारण अर्थतन्त्रमा सुधार आएको बताएका छन् । उनले बुधबार नेपाल बैंककाे ८७ औँ वार्षिककाेत्सवकाे अवसरमा प्रमुख अतितिकाे रूपमा बाेल्दै राष्ट्र बैंकको नीतिका कारण अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताएका हुन् ।

गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंकले कडाइ नगरेकाे भए अहिले अर्थतन्त्रमा सुभार नआउने दावि गरे । उनले सरकार र केन्द्रीय बैंकले गत फेब्रुअरीदेखि लिएको निर्णयले अहिले अर्थतन्त्र सकारात्मक दिशातर्फ जान लागेको बताए ।

उनले भने, ‘गत वर्षभरी धेरै नै स्ट्रेसफुल आर्थिक अवस्था रह्यो, ‘हामीले गत फेब्रुअरीमा धेरै नै कठोर नीति लिएका थियौं, त्यसको प्रभाव अहिले देखिएको छ ।’

उनले अहिले पनि कतिपय बैंकहरुले नेपाल राष्ट्र बैंकले ल्याएको नीति अवलम्बन नगरेको बताउँदै लागु गर्न आग्रह गरेका छन् । साथै, उनले भने, ‘बैंकिङ क्षेत्र चुनौतीपूर्ण रहेको छ । यसलाई हामीले फेस गर्नु पर्ने हुन्छ । ’

नेपाल बैंकले हजारमा लोन दिएका उद्यमी अहिले अर्बपति भएको भन्दै अधिकारीले अर्बौको सम्पति बनाउनु, अर्बौंको उद्योगी बन्नु सबैका लागि गर्वको विषय भएको बताए ।

 

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार १८:२४