२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

भोट माग्न गएका गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठलाई ढुंगाले हानियो

३० कार्तिक, काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उमेश श्रेष्ठमाथि ढुंगा प्रहार भएको छ । ढुंगाले श्रेष्ठ सवार बा। ३ च २०५० नम्बरको प्राडोमा क्षति पुगेको छ । श्रेष्ठ विनाविभागिय राज्यमन्त्री समेत हुन ।

 भरतपुरको प्रतीक्षा टोलमा बिहान उनीमाथि ढुंगामुडा भएको र त्यसक्रममा गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ । श्रेष्ठ कार्यकर्तासहित घरदैलोमा रहेको समयमा मोटरसाइकलमा आएका केही व्यक्तिहरूले ढुंगा हानेर भागेको चितवन प्रहरी प्रमुख एसपी नवराज अधिकारीले जानकारी दिए । उनले ढुंगा प्रहार गर्नेको खोजीकार्यजारी रहेको पनि जानकारी दिए ।

प्रकाशित मिति : 17:57