निर्वाचन लक्षित् बस सेवाको अफरः मतदाता मात्र नभएर उमेद्धारले पनि आकर्षक उपहार पाउने
२९ कार्तिक, काठमाडाैं । नेपालमा अनलाइनमार्फत बस टिकटिङ्ग सेवाप्रदान गर्दै आएको बस सेवा डटकमले आगामी आइतबार हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा घर जान लागेका मतदातालाई लक्षित् गर्दै विशेष अफर सार्बजनिक गरेको छ । अफर अन्तरगत निर्बाचनमा भाग लिन जाने मतदातामध्ये भाग्यशाली तीन जनाले बससेवाको तर्फबाट आकर्षक उपहार प्राप्त गर्ने छन् । साथै ती मतदाताले भोट दिएका तीन जना उमेद्धारले समेत आकर्षक उपहार प्राप्त गर्नेछन् ।
मतदाताले भोट दिएका उमेद्धारले निर्बाचनमा विजयीवाहार बेहोरे पनि उपहार प्राप्त हुनेछ । अफरबाट विजयी मतदाताले आफुले मतदिएको उमेद्वारको विषयमा बस सेवालाई जानकारी दिएपछि उमेद्धारलाई उक्त उपहार प्राप्त हुनेछ । मतदाताले सिफारिस गरेको उमेद्धारको विवरण भने गोप्य राखिनेछ ।
विजेताको चयन बस सेवाको आधिकारीक फेशबुक पेजमा लाइभमार्फत गोलाप्रथाबाट गरिनेछ । मतदाता लक्षित् उपहार योजनाबारे बस सेवाका प्रमुखकार्यकारी अधिकृत पि.आर. खनालले भने,‘ देशको भविष्यसँगजोडिएको प्रतिनिधिसभार प्रदेशसभाको निर्वाचनमा मतदाताको बढि भन्दा बढि सहभागीताहोस् भन्ने उदेश्यले हामीले यस्तो अफर सार्बजनिक गरेका हाैँ । अर्को तर्फ मतदाता मत हाल्न जाने तर उमेद्धारले मतदातान चिन्ने अवस्था पनि छ, त्यसैले मत दिएका उमेद्धारलाई पनि मतदाताको सिफारिसको आधारमा उपहार दिने योजना बनाएका हौँ ’ ।

यो योजना कार्तिक ३० गतेदेखि मंसिर ५ गते सम्म लागु हुनेछ । मतदाता तथा यात्रुले बसपार्क अलावा हालै मात्र बस सेवाले कलंकीस्थित् ढुंगेअड्डामा सञ्चालनमा ल्याएको प्यासेञ्जर लाउञ्जबाट बस चढि सहजै यात्रा गर्न सक्नेछन् ।
बस सेवा नेपालको एक मात्र अनलाइन बस टिकट विक्रीगर्ने माध्यम हो । बस सेवामा अधिकांश यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन् । बस सेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाईल एप्लिकेशनबाट टिकट काट्न सक्नेछन् । यात्रुहरुले बस सेवाको मोबाईल मार्फत टिकट काटी इसेवा, खल्ती,आइएमईपे लगायतका वालेटका साथै हरेक बैंकका मोबाईल र्बैकिङ्गमार्फत समेत टिकट काट्न सकिनेछ ।
प्रकाशित मिति : November 15, 2022 at 4:14 pm









