२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

मंसिर ४ र ५ गते चुनावी बिदा दिने सरकारको निर्णय, विद्यालयहरू २ गतेदेखि नै बन्द हुने

२९ कार्तिक, काठमाडाैँ । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यही मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार मंगलबार गृह मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर विदाको जानकारी दिएको छ । त्यस्तै निर्वाचनको कार्यालय रहने सरकारी कार्यालय र मतदान स्थल रहेन विद्यालयहरू मंसिर २ गतेदेखि नै बिदा दिने निर्णय सरकारले गरेको छ । मंसिर २ गतेदेखि मंसिर ५ गतेसम्म त्यस्ता विद्यालय बन्द रहनेछन ।

प्रकाशित मिति : 11:24