कांग्रेसलाई भोट दिन नसक्ने भन्दै झापा ३ का १३४ माओवादी नेताले दिए सामूहिक राजिनामा
२९ कार्तिक, झापा । निर्वाचन नजिकिदै गर्दा झापाको क्षेत्र नं ३ मा ठूलो संख्याले माओवादी केन्द्र परित्याग गरेका छन् । नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटि सदस्य तथा झापा क्षेत्र नम्बर ३ ख का इन्चार्ज मर्गुव आलम सहितको ठूलो संख्याले पार्टीबाट राजिनामा दिएका छन् । कांग्रेसलाई भोट दिन नसक्ने भन्दै झापा ३ का १३४ माओवादी नेताले सामूहिक राजिनामा दिएका हुन ।
निर्वाचनको मुखैमा आलम सहितका नेताहरूको राजिनामाले गठबन्धनका उमेदवार कृष्णप्रसाद सिटौला झन् पछि झन् कमजोर बन्दै गएका छन् । आलम सहितको राजिनामाले राप्रपाका उमेदवार राजेन्द्र लिङ्देनलाई लाभ पुग्ने देखिएको छ । माओवादी केन्द्रबाट राजिनामा दिनेहरुमा झापा जिल्ला सदस्य कृष्ण मोहन गौतम, देवी प्रसाद रेग्मी, बसन्त कुमार गनेश, अजमुदिन मिया, शाहा आलम, महमद करिम सहित सयौंको संख्यामा नेता कार्यकर्ताहरुले राजिनामा दिएका छन् ।
पार्टीका सम्पुर्ण जिम्मेवारीबाट अलग रहदै पार्टी परित्याग गरिएको प्रदेश कमिटि सदस्य आलमले जानकारी दिनुभयो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मुखैमा बाह्रदशी गाँउपालिकाका सयौंको संख्याले राजिनामा दिएसंगै सत्ता गठबन्धनका उमेदवारहरु लाई ठूलो असर पर्ने देखिन्छ । द्वन्दकाल देखि दुख गरिरहेका नेता कार्यकर्ताको भावना पार्टी नेतृत्वले बुझ्न नसकेको गुनासो गर्दै राजिनामा दिनुको कारणा जिल्ला पार्टी पनि भएको बताएका छन ।
पार्टीको नातावाद, कृपावाद, यथास्थितिबाद, हेैकमवाद र हेपाहा प्रवृतिको कारण आफुहरुले राजिनामा दिएको नेकपा माओवादी केन्द्र प्रदेश ककिटि सदस्य तथा झापा क्षेत्र नम्बर ३ ख का इन्चार्ज मर्गुब आलमले बताउनुभयो । अबका दिनमा स्वतन्त्र रहदै यस निर्वाचनमा स्वविवेक प्रयोग गरी मतदान गरिने बताए । हामीले पार्टीबाट राजिमाना दियौं, यो संख्या अझै ठूलो संख्यामा रहने आलमको भनाइ छ ।





प्रकाशित मिति : 09:34









