एमाले नुवाकोटका नेता शिवकुमार लामा बलात्कार आरोपमा पक्राउ
२८ कार्तिक, नुवाकोट । एमाले नुवाकोटका नेता शिवकुमार लामा बलात्कार आरोपमा पक्राउ परेका छन । विदुर नगरपालिका वडा नं. ४ का वडा सदस्य समेत रहेका लामा पाँच दिनदेखि प्रहरी हिरासतमा रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
छिमेकी महिलालाई बलात्कार प्रयास गरेको अभियोगमा लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी कात्तिक २४ गतेराति पक्राउ परेका हुन । पीडित महिलाले २५ गते वडा सदस्य लामा विरुद्ध बलात्कार प्रयासको जाहेरी दिएका छन् । वडा सदस्य लामालाई नुवाकोट प्रहरीले अदालत पेश गरेर थप अनुसन्धानको लागि हिरासतमा लिएको छ ।
प्रकाशित मिति : 17:27









