गठबन्धनको सरकारले मुलुकको आर्थिक व्यवस्थालाई तहसनहस पारेः अध्यक्ष ओली
२८ कार्तिक, काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले चूनाव जिते ६ महिना सरकार बन्न नसक्ने दावी गरेका छन् ।
सोमबार चितवनमा आयोजित चूनावी सभालाई सम्बोधन गर्दै ओलीले स्वार्थका लागि मात्रै गठबन्धन बनेको भन्दै गठबन्धनले चूनाव जिते ६ महिना सरकार बन्न नसक्ने दावी गरेका हुन् ।
अध्यक्ष ओलीले गठबन्धनले जिते फेरि राजनीतिक अस्थिरता हुने भन्दै राष्ट्रियता, बिकास र स्थीरताका लागि एमालेको जीत आवश्यक रहेको धारणा राखे ।

त्यस्तै उनले गठबन्धन देशका लागि अभिसाप भएकोले आगामी निर्वाचनबाट फाल्ने बताए । ओलीले वर्तमान गठबन्धनको सरकारले मुलुकको आर्थिक व्यवस्थालाई तहसनहस पारेको जिकिर गरे
उहाले बिगतमा गरेका काम र वर्तमानका साथै भविष्यको योजना घोषणापत्रमा स्पष्ट राखेको जानकारी दिनुभयो ।
प्रकाशित मिति : 16:27









