२१ भदौ २०८३, आइतबार | Sun Sep 6 2026

रविन्द्र मिश्र भोट माग्न छाडेर पशुपति पुगे, पशुपतिको कृपाप्राप्तिका लागि रूद्राभिषेक पूजा

२८ कार्तिक, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौँ क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रवीन्द्र मिश्र भोट माग्नै छाडेर पशुपतिनाथ मन्दिरमा रूद्राभिषेक पूजा  गर्न पुगेका छन । सोमबार धर्मपत्निसहित पशुपति पुगेका मिश्रले मूल भट्ट गणेश भट्टसँग रूद्राभिषेक पूजा गरेको बताए ।

रूद्राभिषेक पूजा भगवान पशुपतिनाथको कृपा प्राप्तिका लागि गरिन्छ। रूद्राभिषेक पूजामा भगवान शिवको विभिन्न रूपमध्ये एक शिवलिङ्गको पूजाअर्चना गरेर अभिषेक गरिन्छ। पूजापछि मिश्रले यो देश आफ्नै जीवनकालमा रूपान्तरण गर्न सकियोस् भन्ने कामना गरेको जानकारी दिए ।

प्रकाशित मिति : November 14, 2022 at 1:52 pm