८ जेष्ठ २०८१, मंगलवार | Tue May 21 2024

६ कम्पनीले सार्वजनिक गरे वित्तीय विवरण, कुनको अवस्था कस्तो ?


२७ कार्तिक, काठमाडाैं । आज कार्तिक २७ गते ६ कम्पनीको वित्तीय विवरण सार्वजनिक भएको छ । वित्तीय विवरण सार्वजनिक गर्ने कम्पनीहरू नेशनल हाइड्रोपावर कम्पनी, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, स्वाभिमान लघुवित्त वित्तिय संस्था लिमिटेड, गणपति लघुवित्त वित्तिय संस्था लिमिटेड र साहस उर्जा कम्पनी लिमिटेड रहेका छन्

१) नेशनल हाइड्रोपावर

नेशनल हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिमा कम्पनीको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ९८.८४ प्रतिशतले घटेको छ। गत वर्ष ५८ करोड ७४ लाख रुपैयाँ नाफा गरेकोमा समीक्षा अवधिमा घटेर ६८ लाख १८ हजार रुपैयाँमा खुम्चिएको छ।

यो अवधिमा कम्पनीले ६ करोड ३६ लाख २८ हजार रुपैयाँ बिजुली बेचेर कमाएको छ यस्तो मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा ३६८.६७ प्रतिशतले बढि हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ करोड ३५ लाख ७६ हजार रूपैयाँको बिजुली बेचेको थियो ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी १ अर्ब ६४ करोड ५० लाख रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भको आकार २ करोड ३८ लाख ४६ हजार रुपैयाँ रहेको छ । पहिलो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १.९६ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ३६ पैसा पुगेको छ ।

२) निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले ३ करोड २५ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ८३.८८ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले २० करोड १९ लाख ३७ हजार खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ८३.८८ प्रतिशतले घटेर ४ करोड ६५ लाख रुपैयाँ पुगेको छ । पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ६.९६ प्रतिशतले घटेर ४८ करोड हजार रुपैयाँमा झरेको छ ।

संस्थाको चुक्ता पुँजी २ अर्ब १९ करोड ५० लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ७८ करोड ६ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४१.७२ रुपैयाँले घटेर ५.९३ रुपैयाँ पुगेको छ । याे अवधिमा संस्थाको प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ १२ पैसा रहेको छ ।

३) मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा संस्थाले २ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ४९.३९ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ५ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएकाे थियो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ४९.३९ प्रतिशतले घटेर ४ करोड ३ लाख रुपैयाँ पुगेकाे छ । पहिलो त्रैमासमा संस्थाकाे खुद ब्याज आम्दानी ३.६० प्रतिशतले बढेर १२ करोड ६१ लाख रुपैयाँ पुगेकाे छ । चुक्तापुँजी ५३ करोड १२ लाख संस्थाको रिजर्भको आकार ३७.२४ प्रतिशतले बढेर ३० करोड ३१ लाख रुपैयाँ रहेकाे छ । वार्षिकीकृत संस्थाको ईपीएस ५८.५५ प्रतिशतले घटेर २१.२८ रुपैयाँमा झरेको छ। याे अवधिमा संस्थाको प्रतिसेयर नेटवर्थ १९९.०१ रुपैयाँ रहेको छ।

४) गणपति लघुवित्त वित्तिय संस्था लिमिटेड

गणपति लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले ६८ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १५४.६६ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा संस्थाले २७ लाख ६ हजार खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि १५४.६६ प्रतिशतले बढेर ९८ लाख ४६ हजार रुपैयाँ पुगेको छ ।पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी भने १.६२ प्रतिशतले घटेर ३ करोड ५६ लाख ३४ हजार रुपैयाँ पुगेको छ ।

संस्थाको चुक्ता पुँजी १५ करोड १५ लाख रुपैयाँ र जगेडा कोषमा ३ करोड ६ लाख ३४ हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) २.७६ रुपैयाँले बढेर ४.५५ रुपैयाँ पुगेको छ भने संस्थाको प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ४७ पैसा रहेको छ ।

५) स्वाभिमान लघुवित्त वित्तिय संस्था लिमिटेड

स्वाभिमान लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।  समिक्षा अवधिसम्म आइपुग्दा संस्था ६७ लाख ८२ हजार रुपैयाँ नोक्सानीमा छ । गत वर्षको यही अवधिमा संस्थाले ७४ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ऋणात्मक छ यो अवधिमा कम्पनीको यस्तो मुनाफा ६७ लाख ८२ हजार रुपैयाँ ऋणात्मक छ । पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी ६८.२९ प्रतिशतले घटेर ६७ लाख १३ हजार रुपैयाँ पुगेको छ ।

संस्थाको चुक्ता पुँजी १२ करोड १७ लाख रुपैयाँ र जगेडा कोषमा ११ करोड २७ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) २२ रुपैयाँ २८ पैसा ऋणात्मक छ । संस्थाको प्रतिसेयर नेटवर्थ २०९ रुपैयाँ २७ पैसा रहेको छ ।

६) साहस उर्जा कम्पनी लिमिटेड

साहस उर्जा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले १० करोड १८ लाख ९६ हजार रूपैयाँ खुद नाफा कमाएकाे छ । उक्त नाफा गत आर्थिक वर्षको तुलनामा ५० प्रतिशतले कम हो । गत वर्षको यसै अवधिमा कम्पनीले २० करोड ८२ लाख ७१ हजार रूपैयाँ नाफा कमाएको थियो।

समिक्षा अवधिसम्म कम्पनीको निर्माण आम्दानी पनि ४७.६० प्रतिशतले घटेर ६७ करोड ५५ लाख १९ हजार रुपैयाँ पुगेको छ ।कम्पनीको चुक्ता पूँजी ३ अर्ब ५० करोड रुपैयाँ र जगेडा कोषमा २ अर्ब १२ करोड २२ लाख ६७ हजार रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ११ रुपैयाँ ६५ पैसा र प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ७९ पैसा रहेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आईतवार १०:५५