२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

भक्तपुरमा कांग्रेस परित्याग गरी १५० जना एमालेमा प्रवेश

२७ कार्तिक, भक्तपुर। प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको संघारमा भक्तपुरमा १५० जना युवाहरु एमालेमा प्रवेश गरेसँगै कांग्रेसलाई झड्का लागेको छ । मध्यपुर थिमी नगरपालिका वडा नं. ३ निर्वाचन परिचालन कमिटीले गठ्ठाघरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ र तरुण दलका नेता तथा सक्रिय कार्यकर्ता एमालेमा ६० जना युवाहरु प्रवेश गरेका छन् ।

त्यस्तै क्षेत्र नं. २ ‘क’ सूर्यविनायक क्षेत्र प्रचार प्रसार कमिटीले आयोजना गरेको प्रदेश स्तरीय सभामा ५० जना तथा मध्यपुरको बोडेमा ४० जना युवाहरु कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेको छन् । नवप्रवेशीलाई नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ को उम्मेदवार महेश बस्नेत, केन्द्रीय सदस्य सोम मिश्र, निर्मल भट्टराई, बागमती प्रदेश सदस्य शशी जंग थापा, जिल्ला अध्यक्ष बचन देउजा, प्रदेश ‘ख’का उम्मेदवार चन्दनकृष्ण श्रेष्ठ, प्रदेश ‘क’का उम्मेदवार किरण थापा लगायतले खादा तथा अविर लगाएर एमालेमा स्वागत गरे ।

स्वागतका क्रममा नेता बस्नेतले युवा मुलुकको नेतृत्वकर्ता भएको उल्लेख गर्दै नवप्रवेशीले एमाले नै रोज्नु भनेको युवाको भाग्य र भविष्य उज्वल बनाउनु भएको बताए । एमाले युवाहरुको पार्टी भएको उल्लेख गर्दै उनले देश र जनताको सारथी नै एमालेमात्र भएको उल्लेख गरे । विगतमा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुकको विकास र समृद्धिको साथमा राष्ट्र, राष्ट्रियता राष्ट्रिय स्वाधिनताको पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाे दावी गरे ।

वगर्तमान गठबन्धनको सरकार काण्डै काण्ड तथा राष्ट्रघात नै राष्ट्रघातको चंगुलमा रहेको उल्लेख गर्दै उहाँले गठबन्धन सरकार भ्र्रष्टाचार, अनियमितता तथा राष्ट्रघाती कदममा पौडी खेलिरहेको बताए । मुलुकको राष्ट्रियतालाई बचाई राख्न एमालेको नेतृत्वमा सरकार आवश्यक रहेको उल्लेख गर्दै उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा एमालेलाई विजयी गराउन आग्रह गरे ।

नेपाललाई गठबन्धन सरकारले राष्ट्रघाती नागरिकता विधेयक, एमसीसी, एसपीपी जस्ता मुलुकको अस्थित्वलाई नै संकटमा पुर्याउने प्रकारका कार्यहरु गरेको भन्दै आक्रोस जनाए । गठबन्धनका नेताहरु तथा मन्त्रीहरु निर्वाचनलाई खर्च जुटाउन विभिन्न प्रकारका अनौतिक गतिविधिहरु गरिरहेको उल्लेख गर्दै उनले यो सरकार आएसँगै भक्तपुर लगायत मुलुकभर विकासमा जुठो परेको जस्तै भएको बताए ।

केपी ओली नेतृत्वको सरकारको समयमा विकासले ल्याएको लहरलाई स्मरण गर्दै नेता बस्नेतले मंसिर पछि बन्ने एमालेको सरकारले भक्तपुरमा निर्माण सम्पन्न गर्न बाँकी रहेका ठूलो तथा साना आयोजनाहरु तिव्र गतिका साथ सञ्चालन हुने बताए ।

प्रकाशित मिति : 09:31