वाइसिएल नेता दीपक विश्वकर्मासहित नुवाकोट माओवादीका २०५ जना युवा एमालेमा प्रवेश (सूचीसहित)
२६ कार्तिक, काठमाडौँ । नेकपा माओवादी केन्द्रीय सदस्य दीपक विश्वकर्मासहित नुवाकोटका २०५ युवा नेकपा एमालेमा प्रवेश गरेका छन । शनिबार बिहान काठमाडौँको एक पार्टी प्यालेसमा एमालेको काठमाडौँ सूर्यगढी समितिले गरेको चियापान तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरू नेकपा एमाले प्रवेश गरेको एमाले बागमती प्रदेश कमिटीका सदस्य एवं नुवाकोट १ का इन्चार्ज बलराम आचार्यले दैनिकीलाई जानकारी दिए ।

पार्टी प्रवेश गर्नेहरू नेकपा माओवादी समम्बद्ध युवाहरू रहेका छन । आचर्यका अनुसार नेपाली कांग्रेस र जसपा लगायत पार्टी परित्याग गरेर पनि एमाले प्रवेश गर्ने लहर चलेको छ । केही दिनमा केही हजारकै संख्यामा पार्टी प्रवेश गर्ने तयारी समेत गरिरहेका छन । शनिबार पार्टी प्रवेश गर्नेहरूलाइ एमाले केन्द्रीय सदस्य एवं नुवाकोट इन्चार्च विन्दा ढुंगाना, प्रदेश कमिटी सदस्य आचर्य, जिल्ला अध्यक्ष एवं प्रतिनिधिसभा नुवाकोट १ का उम्मेदवार बद्री मैनाली र प्रदेशसभा नुवाकोट १ (ख)का उम्मेदवार पूर्णाला श्रेष्ठ, जिल्ला कमिटी नुवाकोटका उपसचिवद्धय काशिराज अधिकारी र निलकण्ठ आचर्य लगायतले स्वागत गरेका थिए ।




प्रकाशित मिति : 10:06









